शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

७० हजार जुनार भण्डारण

मंगलवार , फाल्गुण ६, २०७६

सिन्धुलीको तीनकन्यास्थित माझ कुभिण्डेमा शुन्य शक्ति शितभण्डारमा भण्डारण गरिएको जुनार ।

(तीनकन्या) सिन्धुली,६ फागुन— शुन्यशक्ति शीत भण्डारमा भण्डारण गरिएपछि गर्मी मौसममा पनि जुनार पाइने भएको छ । शीत भण्डार नहुदा जाडो मौसममा उत्पादन हुने जुनार गर्मी मौसममा रहदैनथ्यो । आफ्नै लगानीमा निर्माण गरेको शून्यशक्ति शीत भण्डारमा यो वर्षको लागि ४० हजार दाना जुनार भण्डारण गरिएको छ ।

भण्डारण गरिएको जुनारबाट कृषकहरुले दोव्वर आम्दानी लिने लक्ष लिएका छन् । गोलन्जोर गाउपालिका ४ तीनकन्याको माझकुभिण्डे नजिक तीन वर्ष अघि संंचालनमा आएको शुन्यशक्ति शीत भण्डारबाट उनीहरुले जुनार भण्डारण गरि बमौसममा विक्री गरेर दोव्बर आम्दानी लिने गरेका छन् ।

जुनार कृषक लोकबहादुर आलेमगरका अनुसार पुष महिनामा भण्डारण गरिएको जुनार चैत्र महिनाबाट विक्री शुरु हुन्छ । ४० हजार दाना भण्डारण गरिएको छ, जुनार विक्रीबाट दोव्बर आम्दानी लिने लक्ष लिइएको छ, कृषक आलेमगरले भन्नु भयो, “ तीन महिना भण्डार गरेपछि राम्रो मूल्य पाइनेमा ढुक्क छौं ।”

सिजनमा ५० रुपैया प्रतिकिलो विक्री हुने जुनार बमौसममा एकसय रुपैंया प्रतिकिलोमा भण्डारणबाट नै व्यापारीहरुले खरिद गरेर लैजाने गरेका छन् । बेमौसमा विक्री नहुने कुनै चिन्ता हुदैन, जुनार खरिद गर्न व्यापारीमा प्रतिस्पर्धा नै हुने भएकाले राम्रो मूल्य समेत पाइन्छ, अर्की कृषक कृष्णकुमारी राक्से ठकुरीले थपिन्, ठुलो शीत भण्डार नभएकाले आफैंले निर्माण गरेकोबाट काम चलाउनु परेको छ, भनेजति भण्डारण गर्न पाइदैन् ।

४० हजार भण्डारण गरिएकोमा २० हजार दाना जुनारको अग्रिम बुकिङ भैसकेको छ । जुनार कृषक एवं वडाध्यक्ष बेगबहादुर मगरका अनुसार बजारमा जुनारको माग अत्यधिक रहेकाले विक्रीको समस्या छैन् । सय रुपैया किलो भन्दा घटेर दिने गरिएको छैन्, उहाँले भन्नु भयो, “ व्यापारीहरु शीत भण्डारमा नै आएर खरिद गरि लैजान्छन् ।”

शून्यशक्ति शीत भण्डारबाट प्राकृतिक चिस्यान भइ जुनार चार महिनासम्म रहन सक्छ । १८ इन्चको गार्‍हो लगाउने र त्यस भित्र ४ इन्च बालुवा राखेपछि त्यसबाट पानीका थोपा २४ अ‍ै घण्टा झरेर चिस्यान भइ राख्ने तिनै कृषक आले मगरले सुनाए । यो प्राकृतिक इनर्जी हो, उहाँले भन्नु भयो , “ यसले फाइदा नै भएको छ ।” भण्डारण गरिएको जुनार मध्ये पा“च प्रतिशत भने बिग्रने उनले सुनाए ।

तीनकन्याका सबैजसो कृषकले जुनार खेती गरेका छन् । शीत भण्डार हुने हो भने यहा“ मात्रै तीन, चारलाख दाना जुनार भण्डारण गर्न सकिने अर्का कृषक कर्णबहादुर आलेमगरले बताउनु भयो । उहाँ भन्नु भयो, “कृषक आफैं मिलेर शून्यशक्ति शीत भण्डारको निर्माण गरिएको छ, यसले पर्याप्त भण्डारण हुन सक्दैन् ।” सरकारले समेत अनुदान दिएर ठुलो परिमाण जुनार भण्डारण गर्न सक्ने शीत भण्डारको खा“चो रहेको उनले औल्याए ।

तीनकन्याको माझ कुभिण्डेलाइ जुनारको राजधानी नै मानिन्छ । त्यसका अलावा रतनचुराको नाकाझोलीमा समेत शून्यशक्ति शीत भण्डार रहेको छ । नाकाझोलीको शीत भण्डारमा ३० हजार दाना जुनार भण्डारण गरिएको छ । जुनार कृषक हस्तबहादुर मगरका अनुसार चार महिनासम्म जुनार अडिन्छ, त्यस अगावै विक्री गरिसक्नुपर्ने हुन्छ,उहाँले भन्नु भयो, “ प्रतिकिलो एकसय रुपैया“ सम्ममा विक्री हुन्छ ।”

जुनार खेती हुने माहाभारत क्षेत्रका कृषकहरुलाइ पायक पर्ने स्थानमा ठुलो परिमाणको शीत भण्डार निर्माण गरिदिए कृषकहरु पनि त्यसमा लगानी गर्न तयार रहेको उनले जनाए । यस अघि कमलामाइ नगरपालिका ४ को दोभान्टारमा जापानी सहयोगमा निर्माण भएको शीत भण्डार घाटामा गएपछि त्यसलाइ फलफुल प्रशोधन केन्द्र नामाकरण गरिएको छ । त्यो पनि संचालनमा आएको छैन् । जिल्लाको गोलन्जोर, फिक्कल, सुनकोसी गाउ“पालिका र कमलामाइ नगरपालिकाको महाभारत उत्तरतर्फका वडामा जुनार खेती हुने गरेको छ ।

प्रतिक्रिया