शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सार्वजनिक खरिद ऐन नेपालको विकासका लागी हुनुपर्छ : अध्यक्ष सिङ

सोमवार , फाल्गुण ५, २०७६

सिन्धुली, ५ फागुन – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँङले सार्वजनिक खरिद ऐनका कारण नेपालको ८० प्रतिशत निर्माण कार्य सिमित व्यवसायीको हातमा रहेको बताउनुभएको छ । सार्वजनिक खरिद ऐन संसोधन हुनुपर्छ, उहाँले भन्नुभयो “सार्वजनिक खरिद ऐन पुर्वाधार मैत्री हुनुपर्छ,व्यवसाय मैत्री हुनुपर्छ, नेपालको विकास गर्नका लागी सार्वजनिक खरिद ऐन बन्नुपर्छ ।” सोमवार देखि सिन्धुलीको कमलामाई नगरपालिका स्थित करकरेमा आयोजित सिन्धुली निर्माण व्यवसायी संघको आठौं जिल्ला अधिवेशन तथा १० औं साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्वजनिक खरिद ऐन सिमित घरानाका निर्माण व्यवसायीको हितका लागी बन्दी हुन नहुने बताउनुभयो । निर्माण व्यवसायी महासंघले पटक पटक संसोधन गरेर सार्वनिक खरिद नियमावली पुर्वाधार मैत्री बनाउन सपल भएको भन्दै उहाँले सार्वजनिक खरिद ऐन पनि संसोधन गर्न महासंघ लाग्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले कल्पना गरेको ‘सुखी नेपाली समृद्ध नेपाल ’ नारा साकार पार्न सरकारले सार्वजनिक खरिद ऐन संसोधन गरी नेपालको विकास मैत्री ऐन बनाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘ऐनमा विदेशी व्यवसायीहरुलाई नेपालमा काम गर्न एक अर्वको सिमा तोकिएको छ । तर त्यही सिमाकै कारणले सिमित व्यवसायीहरुले मात्रै ठेक्का प्राप्त गर्ने व्यवस्था पनि भएको छ । यो कुराको हेक्का सरकारले राख्नुपर्यो ।’ उहाँले भन्नुभयो ।

सरकारले अभिभावकको हिसाबले नेपाली निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने उहाँको माग छ । उहाँले नदीजन्य पदार्थ र खानीजन्य निर्माण साँमाग्री चोरी पैठारी,तस्करी गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले यस्ता सामाग्री सहजरुपमा किनबेच गर्न मिल्ने व्यवस्था हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमलाई संबोधन गर्दै पुर्वकृषि मन्त्री तथा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य हरिबोल प्रसाद गजुरेलले देशमा गुणस्तरीय पुर्वाधार निर्माण नहुनुको कारण राजनितिक पार्टीहरुमा रहेको बताउनुभयो “ निर्माण व्यवसायीसँग नि हैन कर्मचारी सँग पनि हैन । राजनितिक पार्टी र त्यसका नेतृत्वमा समस्या छ ।” निर्माण व्यवसायीहरुले गुणस्तर हिन काम गरेपनि राजनितिक पार्टी चुप लागेर बस्ने गरेको उहाँको आरोप छ । “गाउँ सहरी जताततै भईरहेको विकास निर्माणमा गुणस्तर हिन काम हुने, समयमा सम्पन्न नगर्ने काम भईरहेका छन तर पनि राजनितिक पार्टी र नेताहरु बोल्दैनन् किन भने चुनावका बेला ठेकेदारसँग पैसा लिएर हामीलाई चुनाव लड्नुछ ।”

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन) ले देशका ठुला निर्माण व्यवसायीहरुमा दलाली प्रवृक्ति बढ्दै गएको बताउनुभयो । ठुला ठेकेदारहरुले ठेक्का पार्ने अनि साना व्यवसायीहरुलाई बेच्ने गरेका कारण पनि निर्माण व्यवसाय बदनाम भएको उहाँले बताउनुभयो,उहाँले भन्नुभयो “ठेक्का लिने श्रम नगरीकनै फाईदा लिएर बेच्चदिने संस्कार नै बनेको छ । साना व्यवसायीहरुले काम गर्छ, पसिना चुहाउछ । उ सँग पैसा हुदैन । ठुला व्यवसायी काम गर्दैनन् नाफा खान्छन् ठेक्का बेच्दिन्छन् ।”

उहाँले निर्माण व्यवसायी र कर्मचारी दुवैको मिलोमत्तोमा गुणस्तरहिन काम हुने गरेको आरोप लगाउनुभयो । कार्यक्रममा पुर्व संविधानसभा सदस्य मोहन बराल, बागमती प्रदेशसभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री लगाएतले अधिवेशनबाट आउने नयाँ टिमलाई शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया