शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बम्जनको आश्रममा 'राजकीय सान' [तस्बिरहरु]

आइतवार , फाल्गुण ४, २०७६

पैरे(सिन्धुली) ४ फाल्गुन — गेटमा पुग्‍नेबित्तिकै नाम लेखाउनुपर्ने, पैदलयात्री होस् या सवारी साधन र सबैले । यो कुनै सरकारी अड्डा होइन । 'लिटिल बुद्ध' उपमा पाएर यतिखेर ब’लात्कारको आ’रोप खेपेका रामबहादुर बम्जनको कमलामाइ नगरपालिका ८ मा रहेको पैरेको आश्रमस्थल हो । गेटबाट दक्षिणतिर लागेपछि जस्ताले छाएका त्रिकोण आकारका लामा घरहरु छन् । अनुयायीहरु यत्रतत्र छरिएर रहेका छन् ।

ठूलो पटाङ्गिनी भएर दक्षिणतरि लागेपछि नवनिर्मित घर आउँछ, जुन आकर्षक शैलीमा बनेको छ । त्यहाँबाट झण्डै पाँच सय मिटर दूरीमा चारैतिर पर्खाल लगाएको र तारले घेरेको भवन आउँछ । त्यहाँ छिर्न निकै क’डाइ हुन्छ । अनुयायीहरु गेट बाहिर नै चार हातखुट्टा टेकेर जमिनमा ढोग्‍ने गर्दछन् । गेटभित्र बम्जन बस्‍ने भवन चिनियाँ शैलीमा निर्माण भएको छ । भवन बाहिरबाट हेर्दा नै निकै सुन्दर छ, भित्र त झन् कल्पनाभन्दा बाहिर नै छ । अनुयायीहरुका अनुसार बम्जनलाई खोज्‍ने क्रममा प्रहरीले ढोकाको ताला फो’रिदिएको हो । राजकीय सानमा बम्जन सुत्‍ने दुइवटा कोठामा आकर्षक बेडहरु छन् । सजिएको बैठक कोठा छ, भान्सा र शौचालय झनै आकर्षक छन् । कुनै तपस्वीको हो भन्दा पत्यार नै लाग्दैन । बेडमा यत्रतत्र खेलौना छरिएका छन् ।

र्‍याकमा बम्जनको तस्बिर र त्यसमा श्रीमतीको फोटो पनि छ । बम्जन खोज्ने नाममा प्रहरीले धर्ममाथि प्र हार गरेको अनुयायीहरुले आरोप लगाए । बम्जनको आश्रमभन्दा एक किलोमिटर दक्षिण लागेपछि आनीहरुको आश्रम छ । त्यहाँबाट उत्तर खोलैखोला लागेपछि अनुयायीहरुको खानाखाने स्थलमा पुगिन्छ । जहाँ बेसार नभएको दालभात तरकारी पाक्ने गर्दछ ।

अनुयायीहरु बम्जनलाई 'भगवान' मान्छन् । प्रहरीले बम्जनलाई प’क्राउ गर्न आश्रम स्थलमा २४ घण्टा नै प’हरा दिएको छ । करिब ४२ बिगाह जमिनमा बम्जनको आश्रम छ । २४ बिगाह लालपुर्जा भएको र बाँकी चनदेवी सामुदायिक वनको जग्गा रहेको छ । बम्जनमाथि विभिन्न आश्रममा रहँदा पाँचजना आनी र अनुयायी बे’पत्ता पारेको, यौ’न दु’र्व्यवहार, या’तना लगायतको आ’रोपमा कि’टानी जा’हेरी परेको छ ।

पछिल्लो समय ब’लात्कारको आ’रोपमा कि’टानी जा’हेरी परेपछि सर्लाही जिल्ला अदालतले प’क्राउ गर्न आ’देश जारी गरेको छ । उनी फ’रार सूचीमा छन् । अनुयायीहरुको बोधी श्रवण धर्म संघका अध्यक्ष निलबहादुर थिङले बम्जनको बासस्थान प्रवेशको मूलद्वारमा तालासमेत तो’डफोड गरेको र अ’भद्रता प्र’दर्शन गरेको बताए ।कन्तिपुरबाट साभार

प्रतिक्रिया