काठमाडौं २० माघ - पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य घटेको छ भने खाना पकाउने ग्यास (एपिजी)को मूल्य बढेको छ ।
नेपाल आयल निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटबढ गरेको हो ।
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घट्दा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । १ रुपैयाँ घटेपछि अब पेट्रोलको मूल्य १ सय १० रुपैया कायम भएको छ ।
यस्तै डिजेल र मट्टीतेल अब ९९ रुपैयाँमा पाइने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने १३ सय ७५ रुपैयाँ पुगेको छ ।