भक्तपुर,२० माघ – झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले अझैसम्म भेट्टाउन सकेको छैन । प्रसाईंविरुद्ध गएको माघ २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहारको मु द्दाअन्तर्गत प क्राउ पुर्जी (वा रेन्ट) जारी गरेको थियो । अन्नपुर्ण पोष्टमा खवर छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महानगरीय प्रहरी परिसर भक्तपुरको मागबमोजिम प्रसाईंलाई प क्राउ गर्न पुर्जी जारी गर्नु भएको थियो । प्रसाईवि रुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गएको माघ २ गते आफूमाथि अ भद्र व्यवहार भएको निवेदन दर्ता गर्नु भएको थियो ।
उहाँको निवेदनको आधारमा प्रसाईंलाई प क्राउ गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्ला प्रशासन कार्यालयमा प क्राउ पुर्जी जारी गर्न माग गर्नु भएको थियो । तर वा रेन्ट जारी भएको १७ दिन पूरा हुँदा पनि भक्तपुर प्रहरीले प्रसाईंलाई प क्राउ गर्न सकेको छैन । भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले प्रसाईंको खोजतलास भइरहेको जानकारी दिनु भयो । उहाँका अनुसार प्रसाईंले प्रयोग गर्ने मोबाइलको स्वीच अफ छ । साथै उहाँले नेपाल छाडिसकेको प्रहरी अ नुसन्धानमा खुलेको प्रहरी उपरीक्षक प्रधानले बताउनु भयो । ‘हाम्रो अ नुसन्धानले उहाँ नेपालको सीमाबाहिर जानुभएको देखाएको छ’, उहाँले भन्नु भयो, ‘तैपनि हामी उहाँलाई नि यन्त्रणमा लिएरै छाड्छौं।’
प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको भन्ने वि वादास्पद अभिव्यक्ति दिनु भएको थियो । आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले उक्त अभिव्यक्तिको खण्डन गरेपछि प्रसाईंले गएको माघ २ गते भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा १५–१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हु लदं गा मच्चाउन लगाएको प्रहरी अनुसन्धानमा खुलेको भक्तपुर प्रहरीले जनाएको छ ।
उक्त समूहले आयोगका उपाध्यक्ष प्रा.डा. गिरीको मा नहानी हुने गरी कार्यालय परिसरमा पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो । आफूमाथि अ भद्र व्यवहार भएको र अनधिकृत समूहले अ मर्यादित ढंगले हुलहुज्जत गरेपछि प्रा.डा. गिरीले भक्तपुर प्रहरीमा अ भद्र व्यवहारसम्बन्धी कि टानी निवेदन दिनु भएको थियो ।
विवादित व्यक्ति प्रसाईंले भा गेर आफैँलाई गलत सावित गरेको प्रहरी उच्च अधिकारीहरु बताउँछन । आफूले सही अभिव्यक्ति दिएको भए प्रहरीको सम्पर्कमा आएर त्यसको पुष्टि गर्नेतर्फ लाग्नुपर्ने उहाँहरुको भनाई छ ।