काठमाडौं १९ माघ – साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० ले बढेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७६ हजार २ सय कायम गरिएको छ।
यस्तै, आइतबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको रु ५ ले बढेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने देखिएको छ ।