शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

सोमवार , माघ १३, २०७६

काठमाडौं १३ माघ- नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सयमा कारोबार भएको सुन आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुनको मूल्य ७६ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।

साथै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बृद्धि भइ प्रतितोला चाँदी ९ सयमा कारोबार भइरहेको छ । भने आइतवार प्रतितोला चाँदीको मूल्य ८ सय ९५ रहेको थियो ।

प्रतिक्रिया