शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

आइतवार , माघ १२, २०७६

 

काठमाडौ ,१२ माघ – साताको सुरुमै सुन तोलामा ३ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँ पुगेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार ७५ हजार २ सयमा आइपुगेको थियो। आज पुनः बढेर ७५ हजार ५ सय पुगेको छ ।

चाँदीको मूल्य १० रुपैया बढेर प्रतितोला ९५ रुपैयाँमा कारोबार भएको छ ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यावसायी महासंघको भनाई छ ।

प्रतिक्रिया