शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

शुक्रवार , माघ १०, २०७६

काठमाडौ ,१० माघ – सुनको मूल्य आज पनि बढेको छ । बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार दुई सय रुपैयाँ कायम भएको हो ।

सुनचाँदी व्यवसायी हासंघले आज तेजाबी सुन प्रतितोला ७४ हजार नौ सय रुैपयाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ४७० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार २१५ रुपियाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य स्थिर रहेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपैयाँ कायम गरेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यावसायी महासंघको भनाई छ ।

प्रतिक्रिया