शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य फेरि बढ्यो

बिहिवार , माघ ९, २०७६

काठमाडौँ ९ माघ -नेपाली बजारमा बुधाबार घटेको सुनको भाउ आज (बिहीबार) पुनः बढेको छ । बुधबार ३ सय रुपैयाँ घटेको भाउ आज २ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

बुधबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया