आम्दानीको मोह : दुध बिक्रि गर्न हिड्दै कमलामाई नगरपालिका ४ निवासी ८४ बर्षिय डिग्रबहादुर लामिछाने ।
सिन्धुली,५ माघ – सरकारी नोकरी गरेको भए कमलामाई नगरपालिका–४ निवासी डिग्रबहादुर लामिछानेले यतिखेर घरमै बसेर मासिक पेन्सन बुझ्दै आउनु हुन्थ्यो । तर बिगत झण्डै ५० बर्षदेखि दुध बिक्रि गर्दै आउनु भएका ८४ बर्षिय लामिछानेलाई बुढेसकालले छोएपनि अझै बिहान झिसमिसेमै दुधको प्यान बोकेर हिड्ने रहरले भने छाडेको छैन ।
वि.सं. २०२३ सालदेखि दुध बिक्रि गर्दै आएको कमाईबाट आफ्नो सन्तानको पालनपोषण मात्र नभई अहिलेसम्म तीन विघा जमिन जोडिसकेको उहाँले जानकारी दिनुभयो । “व्यवसायले ठूलो वा सानो कोही हुदैन, मिहेनत नै सबैभन्दा ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “अहिले पनि दैनिक दुई पाथी दुध विक्रि गर्दछु । दुध बिक्रिबाट दैनिक चार सय रुपैयाभन्दा बढी आम्दानी हुने गरेको छ ।’
अहिले पनि आफ्नो गोठमा दुई वटा लैनाभैंसि रहेको बताउनु हुने कृषक लामिछानेको भैंसिपालन व्यवसाय एकदेशको कथाजस्तै लाग्छ सुन्नेहरुलाई । रामेछाप जिल्लाको ठूलिमधु गाविसमा १९९० चैत १५ गते जन्मिएका लामिछानेले बुबाको खल्तिबाट पाँच मोहर (दुई रुपैया ५० पैसा) चो रेर २०१८ सालमा सिन्धुली झर्नु भएको थियो । “खोज्दै आएर त्यो पैसा पनि बुबाले फिर्ता लानुभयो,” उहाँले भन्नुभयो, “गाँउकै भक्तबहादुर सुब्बाको श्रीमतीसँग ऋ ण काढेर तराईबाट ३३६ रुपैयामा तराईबाट भैसि किनेर ल्याई व्यवसाय थालेको हुँ ।”
त्यहाँदेखि अहिलेसम्म गोठमा लैना भैंसि नटुटेको उहाँको भनाई छ । “०२३ सालमा मैले पाँच सुका माना दुध बिक्रि गरेको थिए, अहिले ३० रुपैया माना पुगेको छ” उहाँले थप्नुभयो । डिग्रबहादुर त सिन्धुली जिल्लामा दुध विक्रि गरेर सफल कृषक बनेका एक प्रतिनिधि पात्र मात्रै हो । जिल्लामा दुध विक्रि गरेर जीविको पार्जन गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ ।
सोही ठाँउ निवासी रामबहाुदर लामिछाने पनि दुध बिक्रि गरेर नै आफ्नो घर खर्च चलेको बताउनुहुन्छ । “हरेक दिन बिहान राती नै उठ्यो र दुध दोएर झिसमिसेमा नै नजिकको बजारमा पु¥याई बिक्रि गर्नु दिन चर्या नै बनेको छ,” उहाँले भन्नुभयो ।
दुध बेचेर नै एक छोरी र दुई छोरालाई उच्च शिक्षासम्म पढाएको उहाँले जानकारी दिनुभयो । त्यसो त सिन्धुली जिल्लामा बर्सेनि दुध उत्पादन बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । त्यसो त सिन्धुली जिल्लामा पछिल्लो समयमा दुध उत्पादन गरि बिक्रि गरेर आम्दानी लिने कृषकहरु बढ्दै गएका छन् । जिल्ला पशु सेवा कार्यालयले पनि सिन्धुली जिल्लामा यो बर्ष अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा वृद्धि भएको जनाएको छ ।
कार्यालयका अनुसार यो बर्ष गत बर्षभन्दा चार सय ६४ मेट्रिक्टन दूध उत्पादन वृद्धि भई १३ हजार ४९० मेट्रिक्टन पुगेको छ । यो मध्ये भैंसिको दुध उत्पादन नौ हजार ९५ मेट्रिक्टन र गाईको चार हजार ३९५ मेट्रिक्टन भएको छ । जिल्लामा उन्नत जातका गाईभैंसिको सङ्ख्या बढ्दै गएकाले दूध उत्पादन पनि वृद्धि भएको हो । गत आवमा १३ हजार ३४ मेट्रिक्टन दुध उत्पादन भएको थियो ।
कार्यालयले जिल्लामा दूध उत्पादन वृद्धि गर्न उन्नत जातका पशुको कृत्रिम गर्भाधारण, घाँस विकास कार्यक्रम, पशुपालन सम्बन्धि तालिम, गाईभैंसिको पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन, निःशुल्क डेरी उपकरण बितरण, घुम्ति कोष ऋण परिचालन गर्दै आएको कार्यालयका बरिष्ठ प्राविधिक तेजबिक्रम थापा बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘जिल्लामा दुध र पशु उत्पादनमा बृद्धि गर्न कार्यालयले कृषकहरुलाई सेवा केन्द्रस्तरिय तालिम, घाँसको मिनिकिट, डालेघाँसको बिरुवा बितरण, परजिवि रोग नियन्त्रणका लागि औषधि बितरण र शिविर कार्यक्रम गर्दै आएको छ ।’५० वर्षदेखि दुध बेच्दै डिग्रबहादुर
सिन्धुली,५ माघ – सरकारी नोकरी गरेको भए कमलामाई नगरपालिका–४ निवासी डिग्रबहादुर लामिछानेले यतिखेर घरमै बसेर मासिक पेन्सन बुझ्दै आउनु हुन्थ्यो । तर बिगत झण्डै ५० बर्षदेखि दुध बिक्रि गर्दै आउनु भएका ८४ बर्षिय लामिछानेलाई बुढेसकालले छोएपनि अझै बिहान झिसमिसेमै दुधको प्यान बोकेर हिड्ने रहरले भने छाडेको छैन ।
वि.सं. २०२३ सालदेखि दुध बिक्रि गर्दै आएको कमाईबाट आफ्नो सन्तानको पालनपोषण मात्र नभई अहिलेसम्म तीन विघा जमिन जोडिसकेको उहाँले जानकारी दिनुभयो । “व्यवसायले ठूलो वा सानो कोही हुदैन, मिहेनत नै सबैभन्दा ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “अहिले पनि दैनिक दुई पाथी दुध विक्रि गर्दछु । दुध बिक्रिबाट दैनिक चार सय रुपैयाभन्दा बढी आम्दानी हुने गरेको छ ।’
अहिले पनि आफ्नो गोठमा दुई वटा लैनाभैंसि रहेको बताउनु हुने कृषक लामिछानेको भैंसिपालन व्यवसाय एकदेशको कथाजस्तै लाग्छ सुन्नेहरुलाई । रामेछाप जिल्लाको ठूलिमधु गाविसमा १९९० चैत १५ गते जन्मिएका लामिछानेले बुबाको खल्तिबाट पाँच मोहर (दुई रुपैया ५० पैसा) चोरेर २०१८ सालमा सिन्धुली झर्नु भएको थियो । “खोज्दै आएर त्यो पैसा पनि बुबाले फिर्ता लानुभयो,” उहाँले भन्नुभयो, “गाँउकै भक्तबहादुर सुब्बाको श्रीमतीसँग ऋण काढेर तराईबाट ३३६ रुपैयामा तराईबाट भैसि किनेर ल्याई व्यवसाय थालेको हुँ ।”
त्यहाँदेखि अहिलेसम्म गोठमा लैना भैंसि नटुटेको उहाँको भनाई छ । “०२३ सालमा मैले पाँच सुका माना दुध बिक्रि गरेको थिए, अहिले ३० रुपैया माना पुगेको छ” उहाँले थप्नुभयो । डिग्रबहादुर त सिन्धुली जिल्लामा दुध विक्रि गरेर सफल कृषक बनेका एक प्रतिनिधि पात्र मात्रै हो । जिल्लामा दुध विक्रि गरेर जीविको पार्जन गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ ।
सोही ठाँउ निवासी रामबहाुदर लामिछाने पनि दुध बिक्रि गरेर नै आफ्नो घर खर्च चलेको बताउनुहुन्छ । “हरेक दिन बिहान राती नै उठ्यो र दुध दोएर झिसमिसेमा नै नजिकको बजारमा पुर्याई बिक्रि गर्नु दिन चर्या नै बनेको छ,” उहाँले भन्नुभयो ।
दुध बेचेर नै एक छोरी र दुई छोरालाई उच्च शिक्षासम्म पढाएको उहाँले जानकारी दिनुभयो । त्यसो त सिन्धुली जिल्लामा बर्सेनि दुध उत्पादन बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । त्यसो त सिन्धुली जिल्लामा पछिल्लो समयमा दुध उत्पादन गरि बिक्रि गरेर आम्दानी लिने कृषकहरु बढ्दै गएका छन् । जिल्ला पशु सेवा कार्यालयले पनि सिन्धुली जिल्लामा यो बर्ष अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा वृद्धि भएको जनाएको छ ।
कार्यालयका अनुसार यो बर्ष गत बर्षभन्दा चार सय ६४ मेट्रिक्टन दूध उत्पादन वृद्धि भई १३ हजार ४९० मेट्रिक्टन पुगेको छ । यो मध्ये भैंसिको दुध उत्पादन नौ हजार ९५ मेट्रिक्टन र गाईको चार हजार ३९५ मेट्रिक्टन भएको छ । जिल्लामा उन्नत जातका गाईभैंसिको सङ्ख्या बढ्दै गएकाले दूध उत्पादन पनि वृद्धि भएको हो । गत आवमा १३ हजार ३४ मेट्रिक्टन दुध उत्पादन भएको थियो ।
कार्यालयले जिल्लामा दूध उत्पादन वृद्धि गर्न उन्नत जातका पशुको कृत्रिम गर्भाधारण, घाँस विकास कार्यक्रम, पशुपालन सम्बन्धि तालिम, गाईभैंसिको पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन, निःशुल्क डेरी उपकरण बितरण, घुम्ति कोष ऋण परिचालन गर्दै आएको कार्यालयका बरिष्ठ प्राविधिक तेजबिक्रम थापा बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘जिल्लामा दुध र पशु उत्पादनमा बृद्धि गर्न कार्यालयले कृषकहरुलाई सेवा केन्द्रस्तरिय तालिम, घाँसको मिनिकिट, डालेघाँसको बिरुवा बितरण, परजिवि रोग नियन्त्रणका लागि औषधि बितरण र शिविर कार्यक्रम गर्दै आएको छ ।’