शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ माघ ३ गते शुक्रबारको सुनचांँदीको भाउ

शुक्रवार , माघ ३, २०७६

काठमाडौं, ०३ माघ - सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको छ । बिहीबार सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो ।

सुनको भाउको उतारचढावले कारोबार प्रभावित भएको व्यवसायीले जनाएका छन् ।

प्रतिक्रिया