शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आइतबार फेरि सुनको भाउ बढ्यो

आइतवार , पौष २७, २०७६

काठमाडौं, २७ पुस पछिल्लो दुई दिन झण्डै दुई हजारले घटेको सुनको मूल्य आइतबार फेरि बढेको छ । पुस लागेदेखि नै उच्च रुपले बढेको सुनको मूल्य बिहीबार र शुक्रबार दुई दिन एक हजार ९०० रुपैयाँले घटेको थियो ।

आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ६०० र तेजावी सुन ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया