शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

घट्यो सुनको मूल्य

शुक्रवार , पौष २५, २०७६

काठमाडौं २५ पौष –सुनचाँदीको मूल्य ओरालो लाग्न थालेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँ पुगेको सुन बिहीबारदेखि ओरालो लाग्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबार हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पुनः तोलामा ९ सय रुपैयाँ घटेको हो ।

adadad

महासंघकाअनुसार शुक्रबार बजारमा छापावाला सुन प्रतितोला ७४ हजार ६ सय र तेजावी सुन प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार प्रतितोला नौै सय रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँ घटेर ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया