शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०७६ पौष २४ गते बुधवारको सुनचांँदीको भाउ

बिहिवार , पौष २४, २०७६

काठमाडौँ,२४ पुष- सुनको मूल्य बिहीबार घटेको छ । बुधबार ७६ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक हजार रुपियाँले घटेरर प्रतितोला ७५ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ९०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया