सुनको भाउले सोमवारर पनि नयाँ रेकर्ड बनाएको छ । आइतवार प्रतितोला ७४ हजार ५ सय कायम भएको सुनको मूल्य सोमवार प्रतितोला ५ सय ले बढेर सुनको मूल्य ७६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य रु० स्पैया बढेर प्रतितोला ९ सय २० रुपैयामा कारोबार भइरहेको छ ।