शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सहकारी संघको संयूक्त वार्षिक साधारण सभा

आइतवार , पौष २०, २०७६

सिन्धुलीमा संचालित दुई विषयगत सहकारी संघहरु जिल्ला उपभोक्ता सहकारी संघ लिमिटेड तथा जिल्ला वहुउद्धेशीय सहकारी संघ लिमिटेड क.न.पा. ६, सिन्धुलीको संयूक्त वार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ । उपभोक्ता सहकारी संघ लिमिटेडको छैटौ वार्षिक साधारण सभा तथा जिल्ला वहुउद्धेशीय सहकारी संघ लिमिटेडको चौथो वार्षिक साधारण सभा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज के.सी.का.प्रमुख आतिथ्यतामा स्वर्णिम भविश्य साकोसको सभाहलमा शनिवार सम्पन्न भएको हो ।

जिल्लामा भएका सहकारी संघहरुले ऐन निमय वमोजिम समयमा साधारसभा गर्नु पर्ने तथा साधारण सभालाई आशान र भाषण रहित वनाउँदै सम्पन्न अभिप्रेरित गर्दै विगतका वर्षहरु देखिनै संयूक्त साधारण सभाको अभ्यास सिन्धुलीमा हुने गरेको उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइरालाले वताउनु भयो ।

विगत भन्दा यस वर्षको साधारण सभा संचालन प्रकृया पनि अझ फरक थियो, जिल्ला वहुउद्धेशीय सहकारी संघका अध्यक्षले सभाध्यता गरिरहन भएको थियो भने अर्का उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइराला कार्यक्रम संचालन गर्नु भएको थियाृ । कार्यक्रममा सहभागी जनाउने विभिन्न विधागत संघ तथा संस्थाका प्रतिनिधहरु पनि सवैलाई अतिथिकै अतित्थ्यता गराइएको थियो । सवैलाई एउटै मर्यादामा आसन ग्रहण गराइएको थियो । स्वागत मन्तव्य गर्दै गर्दा सभाध्यक्षले सवै वहुउद्धेशीय सहकारी संघको अवस्था र कार्यक्रम चालाउँदै गर्दा उपभोक्ता सघका अध्यक्षले उपभोक्ता सहकारी संघको आर्थिक वर्ष २०७५/०७६ अवस्था तथा भावि कार्यक्रमको वारेमा छोटो मै सवै सिध्याउनु भयो ।

सहकारी ऐन , नियमावली तथा सम्पति शुद्धिकरणको अनुशिक्षण कार्यक्रम भएको थियो । अनुशिक्षणको सहजिकरण जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष वाल कुमारी श्रेष्ठले गर्नु भएको थियो । सहकारी ऐन नियमको अज्ञाताका कारण सहकारी संस्था अन्जान मै दण्डित हुन नपरोस भनेर दुई सघको आयोजनामा भएको अनुशिक्षण कार्यक्रमले सहभागी संस्थाहरुमा नयाँ उर्जा मिलेको कमलामाई उपभोक्ता सहकारी संस्थाका अध्यक्ष हरि वस्नेतले वताउनु भयो ।

सिन्धुली जिल्लामा संचालित सहकारी संघको आयको श्रोत नभएको र सकृय कृयाकलाप गर्न नसकिएको दुखेसो व्यक्त गदै आगामी दिनमा प्रारम्भिक सहकारी संघ संस्थाहरुको विकासका लागि जिल्ला सहकारी संघ कटिवद्ध भएर लाग्ने प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज के.सी.ले वतउनु भयाए ।

जिल्लामा १ जिल्ला सहकारी संघ र ७ विषयगत सहकारी सघ सहित ५२२ प्रारम्भिक सहकारीको संरक्षकत्व ग्रहण गर्दै सिन्धुली जिल्लामा छाता संघको रुपमा रहेका छ भने उपाभोक्ता सहकारी संघ मा २२ प्रारभ्कि उपभोक्ता सहकारी र वहुउद्धेशीयमा ३१ वहुेद्धेशीय सहकारी संस्थाहरु रहेका छन् ।

सहकारीका संचालकहरुलाइ बर्तमन ऐन,नियम सम्बन्धि आवश्यक ज्ञान तथा सूचना सन्देश उपलब्ध गराइ संचालकहरुको क्षेमता अभिबृद्धी गर्ने उद्देश्यले संचालित सो अनुशिक्षणमा विभिन्न सहकारीका ४० जना संचालकहरुको सक्रिय सहभागिता रहेको थियोे ।

सिन्धुलीको सहकारी अभियानलाई थप ब्यबस्थित बनाउनुका साथै सिन्धुलीमा रहेका ८ वटा बिषयगत सहकारी संघ र जिल्ला सहकारी संघलाई सक्रिय बनाउने सन्दर्भमा समेत अन्तरक्रिर्या भएको थियो ।

प्रतिक्रिया