शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

पौष ६ गते आइतवारको सुनचांदीको मुल्य

आइतवार , पौष ६, २०७६

पाँच दिनदेखि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बुधबारदेखि बजारमा सुनको मूल्य स्थिर रहेको हो ।

पाँचौ दिनदेखि बजारमा छापावाल सुन प्रतितोला ७१ हजार छ सय र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने आज पनि सोहि स्थिर मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जानकारी दिएको हो ।

यता, गत मंगलबारदेखि स्थिर मूल्य ८५० रुपैयाँमा कारोबार भएको चाँदी भने आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया