बुधवार छापावाला सुनको मूल्य प्रतितोलामा १०० सय रुपैयाँले बढेर ७१ हजार ६०० रुपैयाँ भएको छ । मंगलवार तोलाको ७१ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुन पनि १०० रुपैयाँले नै बढेर ७१ हजार ३०० रुपैयाँमा आइपुगेको छ ।
मंगलवार तेजाबी सुन तोलाका ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने यथाबत छ । बुधवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।