शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपाल निजामती कर्मचारी युनियन संघ सिन्धुलीको अध्यक्षमा घिमिरे

बुधवार , पौष २, २०७६

नेपाल निजामती कर्मचारी युनियन संघ सिन्धुलीको अध्यक्षमा सुर्य प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । जिल्ला कार्य समिती सिन्धुलीको पुर्नगठन गर्ने सन्दर्भमा हिजो सिन्धुलीमाढीमा भएको कर्मचारीहरुको आम भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेलेको प्रमुख आतिथ्यतामा भएको भेलाले अध्यक्ष सहित १७ सदस्यिय समिती गठन गरेको छ । जसको उपाध्यक्षमा कुमार थापा,अशोक कुमार शर्मा र महिला उपाध्यक्ष कल्पना अधिकारी हुनुहुन्छ ।

यस्तै सचिवमा रत्न बहादुर तामाङ्ग,सहसचिवमा राज कुमार महतरा,कोषाअध्यक्षमा जयप्रकाश चालिसेलाई चयन गरिएको छ । सदस्यहरुमा कुमार खड्मा,केशव बराल,राजकुमार गौतम,जिवन प्रसाद चौलागाई लगाएत निर्वाचत हुनुभएको नेपाल निजामती कर्मचारी युनियन संघ सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया