नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारश खड्का टी–१० प्रतियोगिताकालागि आबुधाविमा छन् । उनी सम्मिलित टिम आबुधाबि प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैबिच, पारशले समाजिक संजाल फेसबुकमा सबैलाई धन्यवाद दिदैँ आगामी दिनमा राम्रो खेल खेल्ने कुरा लेखेका छन् । उनले फेसबुकमा, ‘दुई हप्ता उत्कृष्ठ खेलाडीहरुसँग बिताउने अवसर पाए । हामीले चाहेको जस्तो परिणाम नआएपनि आगामी दिनमा राम्रो गर्ने आश लिएका छौँ ।’