सिन्धुलीमा आफैं लगानी गरेर कृषि र पशुपालनमा लाग्नेहरु अरुका लागि उदाहरणिय बनेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर व्यवसायिक बंगुरपालनमा लाग्नुभएका सिन्धुलीका लाल बहादुर गोर्खाली मगरले राम्रो आम्दानी गर्नुभएको हो ।
गोलन्जोर गाउँपालीका–४ डोडेका गोर्खाली मगरले थोरै लगानीमा बंगुर पाल्न सुरु गर्नुभएको थियो । उहाँले १८ महिना मै २ लाख ५० हजार आम्दानी गरिसक्नु भएको बताउनुभयो । १३ बर्ष बिदेश बसेर नेपाल फर्किनुभएको उहाँले २०७५ सालमा बगुर फर्म दर्ता गरी सञ्चालन गर्नु भएको हो । अहिले उहाँको फार्ममा माउँ ,बच्चा र ब्याडे बंगुर गरी ११ वटा लोकल बंगुर रहेका छन् । उहाँले २ महिनाको तालिम लिएर आधुनिक बंगुरको खोर निर्माण गरी ब्यबसायिक रुपमा बंगुर पालन सुरु गरेकोे बताउनु भयो ।