दुधौली नगरपालिका सिन्धुलीको मुख्य बजारमा हाम्रो भरोसा बहुउद्देशीय सहकारी संस्थाको स्थापना भएको छ । नगर प्रमुख घनश्याम राउतले एक कार्यक्रमका विच संस्थाको कार्यालय सोमबार उदघाटन गर्नुभयो । संस्थाको अध्यक्ष गंगा दाहालको हुनुहुन्छ ।
दुधौलीका समाजसेवी, व्यापारी,व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सकृयतामा स्थापना गरिएको संस्थाले दुधौली बजारमा आधुनिक सेवा सुविधा सहितको कार्यालय स्थापना गरेको संस्थाले जनाएको छ । सरकारको तीनखम्बे नीतिलाई साथ दिंदै भरोसाले नगरपालिकामा आर्थिक कृयाकलाप अघि बढाउने संस्थाका अध्यक्ष दाहालले बताउनुभयो ।
नगरपालिकामा रोजगार सिर्जना गर्दै समाजवाद ल्याउनका लागि भरोसाले साथ दिने लक्ष्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा दुधौलीका जनप्रतिनिधिहरु तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।