शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

निर्माण व्यवसायी संघ सिन्धुलीको अधिवेशन सर्यो

शनिवार , कार्तिक ३०, २०७६

सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको ८ औँ अधिवेशन सरेको छ । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (आठौँ संशोधन) नियमावली २०७६ मा राखिएका केहि प्रावधानप्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने भएपछि चुनाव सारिएको सिन्धुलीका महासचिव उद्धव दाहालले बताए । पहिलोको निर्णय अनुसार अधिवेशन मंसिरको १४ र १५ गते हुनुपर्ने थियो । महासचिव दाहालका अनुसार आगामी बैठकमा अधिवेशनको मिति तोकिने छ ।

प्रतिक्रिया