शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अन्ततः सन्दिपले पारशसँग माफि मागे !

शुक्रवार , कार्तिक २९, २०७६

सामाजिक संजाल ट्वीटरमा पुर्व कप्तान पारश खड्कालाई अन्फलो गरेपछि आलोचनाको शिकार बनेका सन्दिप लामिछानेले पारश खड्कासँग माफि मागेका छन् । उनलेले पारस खड्कालाई सामाजिक सन्जाल ट्वीटरमा फलोब्याक गरेर माफि मागेका हुन् । केही समयअघि पारसलाई अनफलो गरेको सार्वजनिक भएपछि सन्दीपको आलोचना भएको थियो। सन्दीपले व्यक्तिगत रोजाईको विषय भन्दै त्यसको बचाउ गर्दै आएका थिए ।

खेल भइरहेको समयमै दर्शकहरुले पारशलाई फलो गर भन्दै सन्दीपविरुद्ध नाराबाजी भएको थियो । गत साता त्रिवि क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब एमसीसिबीच खेल भइरहेका बेला नेपाली समर्थकले ‘पारसलाई फलो गर’ भन्दै सन्दीपविरुद्ध नाराबाजी गरेका थिए। सन्दीपले अनफलो गरेपनि पारसले भने सन्दीपलाई फलो गरेको देखिएको थियो ।

ट्वीटरमा सन्दीपका एक लाख ७६ हजार फलोअर्स छन् भने उनले १९ जनालाई मात्र फलो गरेका छन् ।

प्रतिक्रिया