शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा ५३ हजारले गरे स्वास्थ्य विमा

बिहिवार , कार्तिक २८, २०७६

सिन्धुलीमा स्वास्थ्य विमा गराउनेहरुको संख्या ५३ हजार ३ सय ६९ जना पुगेको छ । जिल्लाको ९ ओटै स्थानीय तह गरी २७ हजार ४ सय ३२ महिला र २५ हजार ९ सय ३६ जना पुरुषले स्वास्थ्य विमा गराएका छन् ।

यस मध्ये १८ हजार ७ सय ८० जना गरीब घरधुरी परिवारले निशुल्क विमा गराएको नेपाल सरकार स्वास्थ्य विमा बोर्ड जिल्ला कार्यलय सिन्धुलीका प्रमुख रमेश घिमिरेले बताउनुभयो ।

जिल्लाका स्थानीय तह मध्य दुधौली र कमलामाई नगरपालिकामा बिमा गराउनेहरुको संख्या धेरै छ । अहिले सम्म दुधौली नगरपालिकामा १० हजार २ सय ७९ जनाले स्वास्थ्य विमा गराएका छन् भने कमलामाई नगरपालिकामा १० हजार १ सय ७९ जनाले स्वास्थ्य विमा गरेका छन ।

स्वास्थ्य बिमा गराउन र स्वास्थ्य बिमा कार्यक्रमको महत्व बुझाउन स्थानीय तहमा बिमा दर्ता सहयोगीहरु घरदैलो पुग्ने गरेका छन । विमितले रोजेको, इच्छाएको स्वास्थ चौकी वा अस्पताललाई छनोटमा राख्न सकिने छ । निश्चित प्रक्रिया पुरा गरेर विमित भई सकेपछि एउटा कार्डको माध्यमबाट पैसा ननिकालिकन स्वास्थ्य सेवा लिन सकिने छ ।

एउटा घर परिवारको ५ जनाको दरले सरदर ३५ सय रुपैया बार्षिक रकम तोकिएको छ । त्यो भन्दा माथि संख्याको आधारमा प्रत्येक ब्यतिm थपिदै गए ७ सय शुल्क लाग्ने छ । पाँच जनाको ३५ सय तिर्ने परिवारले १ लाखको सुबिधा प्राप्त गर्ने छन । त्यो देखि माथि छ जना भए १ लाख बीस हजार,७ जना भए १ लाख ४० हजारको स्थास्थ्य उपचार प्राप्त गर्ने छन् ।

अति गरीब, पुर्ण अपाङता भएको ब्यक्ति र ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई बिमा गराउदा शुल्क लाग्दैन । गरीबिको कारण स्वास्थ्य उपचार नपाएर पैसाको अभावमा मृत्यृ हुनेहरुको संख्या न्युनिकरणको लागि नेपाल सरकारले स्वास्थ्य बिमा बोड मार्फत स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढेको हो ।

प्रतिक्रिया