नेपालका सबैभन्दा रुचाइएका खेलाडी र व्यक्तिवका धनि पारश खड्काले नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानि छोडेसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पुगेका छन् । खड्काले कप्तानि छोडेसँगै धेरैले उनलाई मिस गरिरहेको अवस्था छ । नेपाली क्रिकेट अहिले जुन उचाईमा छ, त्यो खड्काकै सक्रियताले गर्दा हो । राष्ट्रिय क्रिकेट टीमको कप्तान पाएसँगै उनले नेपाली क्रिकेटलाई नयाँ मोडमा पुर्योदिए । नेपाली टिमलाई डिभिजन–५ बाट एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण योग्दान दिएका पारश अहिले सबैका लोकप्रिय स्टार हुन् । जुन समय नेपाली क्रिकेटलाई कसैले वास्ता नगरेको अवस्था थियो, त्यतिबेला पारशले कप्तानी सम्हालेका थिए । पारश कप्तान भएपछि नेपाली क्रिकेटले काँचुलिनै फेरेको छ । उनको नेतृत्वमा नेपालले धेरै उपलब्धिहरु पाएको छ । यसैबिच, पारश अहिले युएईमा हुने टि १० क्रिकेट लिगमा टिम आबुदाबिमा अनुबन्धित भएका छन् । पारशले राम्रो खेल खेल्नेमा शुभचिन्तकहरु आशावादि छन् । उनले नेपाली क्रिकेट र राष्ट्रियताकोलागि गरेको योग्दानकै कारण आज नेपाली क्रिकेटप्रेमिहरु पारशको सफलताकालागि शुभकामना दिइरहेका छन् ।
नेपाल टि–२० विश्वकप क्रिकेटको एसिया छनोटबाट बाहिरिए पछि पारशको आँखामा देखिएको आँसुलाई अहिले पनि खेलकुद प्रेमिले बिर्सिएका छैनन् । नेपाललाई डिभिजन ५ बाट एकदिवसीय मान्यता दिलाउन पारशले धेरै मेहेनत गरे । टि १० पारशकालागि अहिले टर्निङ प्वोइन्ट हो । त्यसैले, पारशको राम्रो खेल होस् भन्ने उनका शुभचिन्तकले चिताएका छन् । पारशलाई टि १० को शुभकामना !
कहिले कहिले छ पारशको टिमको खेल?
कार्तिक २९ गते शुक्रबार कलन्दर्ससँग अब्बुदाबिको खेल
मंसिर १ गते नर्थन वारियर्ससँग
फाइनल खेलः मंसिर १३ गते