ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं चर्चित व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई सिंगापुरबाट नेपाल फर्किने वित्तिकै काठमाडौँ प्रहरीले रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको जानकारी दिए ।
उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनिमाथि लागेको छ ।उनी विपश्यना आचार्यसमेत हुन्।