सुनको मूल्य बिहिवार पुनः वृद्वि भएको छ । सुनको भाउ बिहिवार तोलामा ४ सय रुपैयाँले बढेको हो । बुधवार तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिवार तोलाको ७० हजार ६ र प्रति दशग्रामको ६० हजर ५ सय ३० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार ३ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदी बिहिवार तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ र प्रति दश ग्रामका ७ सय २९ रुपैयामान पैसामा कारोबार भैरहेको छ ।