शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपाल क्रिकेट टिमले नयाँ कप्तान पाएपछि पारशले यस्तो भने....

बुधवार , कार्तिक १३, २०७६

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएसँगै पुर्व कप्तान पारश खड्काले बधाई दिएका छन् । उनले आफ्नो आधिकारीक फेसबुक पेजबाट मल्ललाई बधाई दिएका हुन् । ‘सबैभन्दा योग्य व्यक्ति मल्ललाई नेपाल क्रिकेट टिमको कप्तान नियुक्त गरकोमा बधाई । धेरै जोश, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेको मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास लिएको छु । यो समय एक अर्कालाई समर्थन गर्ने र नेपाल क्रिकेटको विकास गर्ने हो ।’ खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो ।

यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालले अब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया