इन्डियन प्रिमियर लीग २०२० (आईपीएल) लिलामीको मिति नजिक आइपुग्दा भारतीय संचारमाध्यमले नेपालका पुर्वकप्तान पारश खड्काको बारेमा महत्वका साथ समाचार प्रकाशित गर्दै आएको छ । भारतको चर्चित खेलकुद वेभसाइट स्पोर्टस्किडाका अनुसार प्रान्चाइजीहरुले पारश खड्कालाई आईपिएलमा ल्याउने कसरत गरिरहेका छन् ।
आईपिएलकालगि टोली निर्माणको काममा प्रान्चाइजीहरुले रणनीति बनाइरहेका छन् । लिलामी खेल मैदानको रणनीति जत्तिकै महत्वपुर्ण छ । आईपीएल लिलामीमा कुनै पनि प्रान्चाइजीको लागि सबैभन्दा ठूलो चुनौती भनेको कसरी टीमको सन्तुलन पाउने भन्ने हो । आईपिएलमा कमजोर क्रिकेटी राष्ट्रहरुबाट आएका थुप्रै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालकै सन्दिप लामिछानेले पनि दिल्ली डेरडेभिल्सबाट आइपिएल खेल्दै आएका छन् ।
नयाँ टेस्ट सदस्यहरु र सहयोगी राष्ट्रहरुका तीन खेलाडीहरुलाई टी २० ढाँचामा महत्वुर्ण प्रभाव पारेकाले उनीहरु आईपिएलमा आउने संभावना धेरै रहेको स्पोर्टस्किडाले लेखेको छ । स्कटल्याण्डका जर्ज मन्से, नेपालका पारश खड्का र अफगानिस्तानका हजराटुल्ला जजाईको उत्कृष्ट प्रदर्शनका कारण उनीहरु आईपिएलमा आउने संभावना रहेको छ ।
पारशको बारेमा यस्तो लेख्यो भारतीय संचारमाध्यमले
नेपालका पुर्व कप्तान पारश खड्का लक्ष्य पछ्याउनेक्रममा टी २० इतिहासको पहिलो खेलाडी हुन् जस्ले शतक बनाएका थिए । भिराट कोहलीसँग तुलना गर्दै स्पोर्टस्किडाले आक्रमक खेलाडी कोहलीले पनि उक्त लक्ष्य हासिल गर्न नसकेको लेखेको छ । पारश एसियाको चौथो खेलाडी हुन् जस्ले टी २० मा छिटो शतक बनाएका थिए ।