शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

गौतमबुद्ध क्रिकेट रंगशालाको ग्राउण्ड निर्माणको काम शुरु (तस्बिरहरु सहित)

बिहिवार , कार्तिक ७, २०७६

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) सम्पन्न भएसँगै ग्राउण्ड निर्माणको काम शुरु भएको छ । २ अर्ब ६० करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको रंगशालाको ग्राउण्ड निर्माण शुरु भएको धुमुर्श सुन्तलि फाउन्डेशनले जानकारी दिएको छ रंगशाला निर्माण गर्न लागेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले डिपिआर सार्वजनिक गर्नेबेला समयमै रकम जुटाउन सके २२ महिनाभित्रमा रङ्गशाला तयार हुने बताएका थिए ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा निर्माण हुने रंगशालामा ३० हजार मानिस अट्ने फाउन्डेसनले बताएको छ । बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ । रंगशाला कमलको फूल आकारमा निर्माण गरिने रंगशाला ३० हजार क्षमताको हुनेछ । सुरुमा २५ हजार भनिए पनि डीपीआर डिजाइनका क्रममा ५ हजार क्षमता थपिएको छ । २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने रंगशालामा क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वमिङ पुल र कर्भड हल पनि निर्माण गरिने छ ।

 

प्रतिक्रिया