शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

३२ वर्ष लागे पारश, हेरौँ पारशबाट देशले पाएको उपलब्धि

बिहिवार , कार्तिक ७, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान पारश खड्काको आज जन्मदिन रहेको छ । २०४४ साल कार्तिक ७ गते जन्मिएका पारश ३२ वर्ष लागेका छन् । समािजक संजालमा उनलाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । लोकप्रिय खेलाडी पारशले नेपालकालावि महत्वपुर्ण उपलब्धिहरु दिलाएका छन् । सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्न समूहको नेतृत्व पारसले गरेका थितए ।

पारसको कप्तानीमा देशले पाएको उपलब्धिः

२०१०ः विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि

२०११ः एसीसी ट्वान्टी २० कपमा सेमिफाइनल

२०१२ः विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि

२०१२ ट्वान्टी २० विश्वकप छनोटमा सातौँ

२०१३ः विश्व क्रिकेट लिग डिभिजन ३ उपाधि

२०१३ः एसीसी ट्वान्टी २० फाइनल

२०१३ः विश्वकप छनोटमा तेश्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट

२०१४ः ट्वान्टी २० विश्वकपमा अफगानिस्तान र हङकङलाई हराएपनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिर

२०१४ः एकदिवसीय विश्वकप छनोटमा नवौँ हुदैँ डिभिजन २ बाट रेलिगेसन

२०१४ः विश्व क्रिकेट लिग डिभिजन ३ उपाधि

२०१५ देख २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप

२०१७ः विश्व क्रिकेट लिग डिभिजन २ फाइनल

२०१८ः एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

प्रतिक्रिया