शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको ३५ सय हेक्टर धान खेतीमा फौजी किराको प्रकोप

बिहिवार , कार्तिक ७, २०७६

सिन्धुलीको ३५ सय हेक्टर धान खेतीमा फौजी किराको प्रकोप देखिएको छ । १७ करोड भन्दा बढीको नोक्सान भएको वागवानी अधिकृत श्रीकृष्ण अधिकारीले बताए ।

सिन्धुलीमा फौजी किराले अझै क्षेती गर्न सक्ने भएकोले कृषकलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न तत्काल कृषि प्राबिधिकको सल्लाहा लिएर बिषादीको प्रयोग गर्न अधिकारीको सुझाब छ ।

फौजी किरा एक ठाउँबाट अर्का ठाउँमा सजिलै सर्न सक्ने भएकोले किरा नदेखिएको ठाउँका कृषकहरुलाई पनि धानबालीको निग्रानी गर्न उनले अनुरोध गरेका छन् ।

किराले एक दुई वटा बाला काटेको देख्ने बिक्तिकै पाकिसकेको भए धान काटी हाल्न र नभए नगरपालिका तथा गाउँपालिकाका कृषि प्राबिधिकहरुसंग सल्लाहा लिई बिषादी छर्न आग्रह गरे ।यसो नगरे छोटो समयमा फौजी किराले बिकराल रुप लिने उनको भनाई छ ।

प्रतिक्रिया