शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

च्याउ खेतिबाट आम्दानी मासिक ५० हजार

बुधवार , कार्तिक ६, २०७६

कमलामाई नगरपालिका–३ चापौलिका खडिन्द्र चौलागाईले व्यवसायिक च्याउ गरेर राम्रो आम्दानी गरेका छन् । उनले च्याउ खेती उत्पादन गरेर मासिक ५० हजार आम्दानी लिदै आएको बताए । व्यवसायिक रुपमा चार बर्ष देखि च्याउ खेती गर्दै आएका चौलागाई कृषि पेसामा आम्दानी मनग्य गरेको बताउँछन् ।

च्याउ खेती सम्बन्धि तालिम लिएर च्याउ खेती गर्न सुरु गरेका चौलागाईले कमलामाई नगरपालिकाको वडा नम्बर –३, चपौली, कमलामाई नगरपालिका वडा नम्बर –२ को,चियाबारी र कमलामाई नगरपालिका वडा नम्बर –७ माझिटारमा व्यवसायिक च्याउ खेती गर्दै आएका हुन् ।

चौलागाईले च्याउखेती व्यबसायबाट २० जना युवाहरुलाई रोजगारी समेत दिएको बताए । उनले भने,“ च्याउ खेती व्यबसायबाट म र मेरो परिवार मात्र पालिएको छैन् । च्याउको बीउ ब्यबसाय, पराल धनी ,दाउरा ब्यापारी देखि च्याउ उत्पादन भए पछि च्याउ बजार सम्म पु¥याउने ब्यापारी समेतले रोजगारी पाएका छन् । उनिहरुले पनि राम्रो आम्दानी लिएका छन् । ”

२०७२ सालमा राष्ट्रिपति पुरष्कारबाट सम्मानित भए पछि चौलागाईले निन्तरन्त कृषि पेसा र व्यबसायमा लागि रहन हौसल्ला समेत मिलेको बताए । अहिले कमलामाई नगरको कृषि शाखाले कृषकहरुलाई लक्षित गरेर अनुदानको बिभिन्न कार्यक्रम ल्याएको छ । नगरको कृषि शाखाले किसानलाई दिएको प्राविधिक सहयोग र सहजताका कारण पनि तरकारी ब्यबसाय गर्न हौसला मिलेको उनले बताए ।

प्रतिक्रिया