सल्यानमा क्रिकेटको क्रेज व्यापक देखिएको छ । डेढ महिनामा सल्यानमा दुई क्रिकेट प्रतियोगिता भइसकेको छ । हिजो (शनिबार) मात्र सम्पन्न भएको जिल्ला स्तरीय दोश्रो टि ट्वान्टी क्रीकेट प्रतियोगिताको उपाधि शारदा वारियर्सले उचालेको छ । सरोकारवाला निकायपनि गम्भिर भएर जिल्लामा खेलकुद क्षेत्रको विकासमा लाग्दा जिल्लामा नयाँ खेलाडी उत्पादनको संभावना बढेको छ । सल्यानका राष्ट्रिय खेलाडी मनोज सिंह जस्तैे आगामी दिनमा सल्यानमा कयौँ राष्ट्रिय खेलाडी उत्पादन गर्नकालागि यस्ता खेल प्रतियोगिता महत्वपुर्ण साबित हुनेछन् ।
सल्यान क्रीकेट संघको आयोजनामा हिजोमात्र सम्पन्न भएको प्रतियोगितामा जिल्लाका ६ वटा टिमले सहभागीता जनाएका थिए । सल्यानमा त्रिकेट प्रतियोगिताले दिपक गन्धर्ब, मोहन रावत, आश्बिन सिङ, बिकाश शर्मा, भरत वलि, आयुश शर्मा, आशिस सिंह, रबिन बुढाथोकी, सबिन केसि, सुदेस श्रेष्ठ जस्ता उत्कृष्ठ क्रिकेट खेलाडीहरु उत्पादन गरिरहेको छ । जिल्ला क्रीकेट संघ सल्यान, एमएम एकेडेमी लगायतको आयोजनामा भएका क्रिकेट प्रतियोगिताले क्रिकेटरहरुकालागि सुनौलो मैदान दिएको छ ।
जिल्ला स्तरीय दोश्रो टि ट्वान्टी क्रीकेट प्रतियोगिताको सम्पूर्ण विवरणः
४ खेलमा चारवटै जितसँगै शारदा वारियर्सले उपाधि चुम्यो (नगद रु.२२,२२२ , कप , मेडल , प्रमाणपत्र)
टिम कपुरटकोट दोश्रो बन्यो (नगद रु.११,१११, मेडल , प्रमाणपत्र)
प्रतियोगिताको उत्कृष्ट बलर कपुरकोटका बिकाश शर्मा
उत्कृष्ट ब्याट्सम्यान टिम शा.न.पा १२ का भरत वलि
राइजिङ प्लेएरः कपुरकोटका आयुश शर्मा
म्यान अफ दि सिरिजः आशिस सिंह
