सल्यानमा जारी टि–ट्वान्टी प्रतियोगितामा आज भएको सेमिफाइनलका दुई खेलमा शारदा वारियर्स र कपुरकोट विजयी भएका छन् । पहिलो खेलमा शारदा वारियर्सल हाम्रो क्रीकेट टिमलाई १०४ रनले पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको वारियर्सले निर्धारित २० ओभर खेल्दै १७९ रनको योगफल तयार गरेको थियो । वारियर्सले ९ विकेट गुमाउँदै उक्त रन हासिल गरेको हो । वारियर्सकालागी सुदेश श्रेष्ठले ३२ बलमा ५७ रन ,कप्तान आशिश सिंहले २६ बलमा ३३ रन र रबिन बि.सि ले १५ बलमा २० रनको पारी खेलेका थिए । त्यस्तै, बलिङतर्फ हाम्रो टिमका सबिन भण्डारीले ४ ओभरमा १४ रन खर्चिदै ४ विकेट र अभिशेख बोटेले ४ ओभरमा ३७ रन खर्चिदै २ विकेट लिएका थिए । १८० रनको ठुलो लक्ष्य पछ्याएको हाम्रो टिम १३ ओभरको पहिलो बलमै सिमित भएको थियो । हाम्रो टिम ७५ रनमै सिमति भएको थियो । लक्ष्य पछाउने क्रममा शैलेश शाहीले २३ र देबराज राणाले ११ रन बनाएका थिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंक पनि जोड्न सकेनन । बलिङतर्फ वारियर्सका सुदेश श्रेष्ठले ३ ओभरमा १२ रन दिएर ४ विकेट ,सुरज बि.सि ले २ ओभरमा ३ रन खर्चिएर २ विकेट र आशिस सिंहले २ ओभरमा ११ रन दिएर २ विकेट लिए । उक्त खेलको म्यान अफ दि म्याच अल राउन्ड प्रदर्शन गर्ने सुदेश श्रेष्ठ घोषित भए ।
त्यसैगरि, अर्को खेलमा कपुरकोटले शा.न.पा १२ लाइ ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको शा.न.पा ले १५.२ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा ८३ रनको योगफल तयार गर्यो । सो योगफल जोड्ने क्रममा खेमराज वलिले २८ रन , बिनोद नेपाली १३ रन र मनोज चलाउने ११ रनको पारी खेले । शा.न.पा लाइ सस्तैमा समेट्न बलिङतर्फ कपुरकोटका आयुष अधिकारीले ५ तथा भुपेन्द्र यरि र निर्मल सेन्चुरिले समान २–२ विकेट हात पारे । ८४ रनको लक्ष्य पछाउने क्रममा टिम कपुरकोटका सचिन थापा र भुपेन्द्र यरिले अबिजित क्रमश ३२ रन र २० रनको पारी खेल्दै ११.४ ओभरमा आफ्नो ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्दै फाइनलमा प्रबेश गरेको छ । बलिङतर्फ शा.न.पा का प्रकाश भण्डारीले ३ विकेट र खेमराज वलि ले १ विकेट लिए । उक्त खेलमा ५ विकेट लिएका कपुरकोटका आयुश अधिकारी म्यान अफ दि म्याच घोषित भए ।
भोलि शनिबार फाइनल खेल अन्तर्गत शारदा वारियर्स र कपुरकोट बिच बिहानको ११ बजे हुने कुरा सल्यान जिल्ला क्रीकेट संघको अध्यक्ष सबिन हमालले जानकारी गराए । साथै भोली बिहान सम्पुर्ण सल्यानबासी आमाबुवा दाजुभाइ दिदिबहिनी ,पत्रकार मित्रजन, यहाहरुमा गरिमामय उपस्थितिको लागी अनुरोध गरेका छन् ।