सल्यानमा जारी जिल्ला स्तरीय दोश्रो टि ट्वान्टी क्रीकेट प्रतियोगिताको आजका दुई खेलमा हाम्रो क्रिकेट टिम र शारदा वारियर्स विजयी भएको छ । क्वार्टर फाइनलको खेलमा हाम्रो क्रीकेट टिमले ग्रीन पिस प्यालेस सल्ली बजारलाइ ४ विकेटले र शारदा वारियर्सले टिम कपुरकोटलाइ ६४ रनले पराजित गरेको छ ।
आज (बिहिबार) भएको पहिलो खेलमा ग्रीन पिस प्यालेसले टस जितेर ब्याटिङ रोजेको थियो । सल्लि १८ ओभरमै समेटिएको थियो । सल्लिे ९० रन बनाउँदा भरत बि.सिले ४३ रन जोड । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । त्यसैगरि, हाम्रो क्रिकेटका ग्याल्जेन श्रेष्ठले ५ लिदैँ म्यान अफ द म्याच भ एभने अभिसेख बोटेले २ विकेट लिएका थिए ।
९१ रनको लक्ष्य पाएको हाम्रो टिमले उक्त रन १८ ओभरको चौथो बलमै पछ्याएको थियो । हाम्रो टिमले चार विकेट गुमाउदै उक्त लक्ष्य पुरा गरेको थियो । हाम्रो टिमलाई जिताउन सबिन भण्डारिले २४, देबराज राणा २० र अशिम साप बिस्ट(आर्मोस) ले अबिजित १६ रनको पारी खेलेका थिए । बलिङतर्फ सल्लीका भरत बि.सि ले २ विकेट लिएका थिए ।
त्यसैगरि, दोश्रो खेलमा कपुरकोटले टस जितेर वारियर्सलाइ ब्याटिङको निम्तो दिएको थियो । वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनको लक्ष्य दिएको थियो । वारियर्सकातर्फबाट कप्तान आशिस सिङले २८ बलमा ३९ रन , रबिन बुढाथोकीले १६ बलमा २७ रन र दिपक गन्धर्बले ९ बलमा २४ रनको पारी खेलेका थिए । बलिङतर्फ कपुरकोटका बिकाश शर्मा ले ४ र आयुष अधिकारीले २ विकेट लिए ।
१४३ रनको लक्ष्य पछाउने क्रममा टिम कपुरकोट १४ ओभरको ४ बलमै सिमित भयो । कपुरकोट ७८ रन मै सिमित भएको थियो । कपुरकोटकालागि बिकाश शर्माले १४ रन र निर्मल सेन्चुरिले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । बलिङतर्फ वारियर्सका दिपक गन्धर्ब ४ र आशिश सिंहले ३ विकेट लिए । उक्त खेलमा अल राउन्ड प्रदर्शन गरेका दिपक गन्धर्ब म्यान अफ दि म्याच घोषित भएका थिए । यो खेलसँगै शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन् । पहिलो खेलतर्फ बिहान ८ बजे हाम्रो टिम र शारदा वारियर्स भिड्ने छन् भने दोश्रो खेल अन्तर्गत दिउँसो २ बजे टिम कपुरकोट र शारदा नगरपालिका १२ बिच खेल हुनेछ ।