शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कप्तानबाट राजीनामा दिएपछि पारश पुगे मुस्कानलाई भेट्न

बुधवार , आश्विन २९, २०७६

सन् २००४ मा नेपालको राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरि सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गर्दै नेपाली टोलीको कप्तानी सम्हालेका पारश खड्काले मंगलबार राजीनामा दिए । कप्तानबाट राजीनामा दिएसँगै पारश एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई भेट्न बुधबार कीर्तिपुर अस्पताल पुगेका छन् । उनीसँगै राष्ट्रिय क्रिकेट टोलीका सदस्य अभिनास बोहोरा, सोमपाल कामी र ब्याटिङ कोच उमेश पट्वालले मुस्कानलाई भेटेका थिए ।

पारशले उक्त भेटघाटमा मुस्कान सबैकालागि प्रेरणाको श्रोत भएको बताए । उनले मुस्कानको साथमा सबैजना रहेको भन्दै हौसला बढाए । उनले सरकारले यस्तो जघन्य अपराध गर्ने अपराधीहरु विरुद्ध कडा कार्वाही गर्नुपर्नेपनि समाजिक संजालबाट बताएका छन् । साथै, उनले समाजसेवक उज्जवल विक्रम थापाको अतुलनीय सहयोगका लागि धन्यवाद दिदैँ अभियानमा आफूहरु पनि रहेको बताए । थापाले एसिड आक्रमणमा परेका अधिकाशंलाई सहयोग जुटाउदै आएका छन् ।

प्रतिक्रिया