शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

पुर्व कप्तानले भने, ‘सन्दिपलाई कप्तान बनाउनुपर्छ’

बुधवार , आश्विन २९, २०७६

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्काले पारश खड्काको कप्तानबाट राजीनामासँगै सन्दिप लामिछानेलाई कप्तान बनाउनुपर्ने बताएका छन् ।

सन् १९९६ मा नेपालले मलेसियामा एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ढोका खेल्दाका सदस्य समेत रहेका खड्काले लामिछाने ग्लोबल क्रिकेट आइकन रहेको र उनले बहुराष्ट्रिय कम्पनी र कर्पोरेट लगानी आकर्षित गर्न सक्ने दाबि गरे । उनले भने, ‘गर्वका साथ अन्तर्राष्ट्रिय मैदानमा नेपाल क्रिकेट टीमको नेतृत्व लामिछानेले गर्न सक्छन् ।’ खड्काको उक्त अभिव्यक्ति नेपाल क्रिकेट संघ (क्यान)को आधिकारीक फेसबुक पेजमा समेत शेयर गरिएको छ ।

खड्काले नेपालबाट २००४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनलाई २००१ मा आईसीसी ट्रफी खेल्न क्यानाडा जाने टोलीको कप्तान बनाइएको थियो । खड्का अन्तर्रा्ष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो खेलाडी हुन् । उनले २००३ मा भुटानसँग एसीसी इमर्जिङ कपमा ५० बलमा अविजित १ सय ५ रन बनाएका थिए ।

प्रतिक्रिया