ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा आयरल्याण्डको दुई विकेट झरेको छ । दोश्रो विकेट ललित सिंह राजवंशीले लिएका हुन् । उनले बालबिर्निको विकेट लिएका थिए । आयरल्याण्डको पहिलो विकेट भने सन्दिप लामिछानेले लिएका थिए । उनले केभिन ओ ब्रायनलाई ५ रनमा आउट गरेका थिए । अहिले नेपाल र नेदरल्याण्डबिच खेल भइरहेको छ ।
खेलमा नेदरल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
आयरल्याण्को स्कोरः 95/2
ओभर: 11.2