पाँच देश सम्मिलित टी–२० क्रिकेटमा नेपाल र आयरल्याण्ड आज (बुधबार) नेपाली समयानुसार बिहान सवा एघार बजे भिड्दैछन् । दुई खेल खेलिसकेको नेपालले आज टेष्ट मान्यता प्राप्त टोली आयरल्याण्डसँग भिड्दै छ । यसअघि नेपालले पहिलो खेलमा हंकङ र दोश्रो खेलमा नेदल्याण्ड्सलाई समान चार विकेटले हराएको थियो ।
आजको खेलमा नेपालका तर्फबाट पवन सर्राफ र रोहित पौडेल टिममा नअट्ने सम्भावना छ । यसअघि पवन र रोहितले राम्रो खेल प्रदर्शन गर्न सकेका थिएनन् ।
नेपालले दुवै खेल जितेको छ भने आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।
नेपाल र आयरल्याण्डको वरियता
टेष्ट मान्यता प्राप्त टोली आयरल्याण्ड टी–२० को वरीयतामा भने नेपालभन्दा पछि छ । नेपाल १२ औँ स्थानमो छ भने नेदरल्याण्ड १५ औँ स्थानमा छ । त्यसैगरि, टेष्ट वरीयतामा नेपाल अटाउन सकेको छैन् । आयरल्याण्ड भने १२ औँ स्थानमा छ । एक दिवसिय वरियतामा नेदरल्याण्ड ११ औँ स्थानमा र नेपाल १७ औँ स्थानमा छ ।
नेपाल र आयरल्याण्डले टी २० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् जस्मा नेपाल ८ विकेटले पराजित भएको थियो ।