टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालको पहिलो विकेट गएको छ । पवन सरफ शुन्यमा आउट भएका छन् । नेपाल नेपालले १६१ रनको लक्ष्य पछ्याइरहेको छ ।
टस जितेर पहिले बलिङ रोजेको नेपाललाई पहिलो विकेट सन्दिप लामिछानेले दिलाएका थिए । उनले ब्रायन चारीलाई शुन्य रनमा आउट गरेका थिए । जिम्बावेले रनको खातानै नखोलि पहिलो विकेट गुमाएको थियो । सोमपाल २ विकेट लिएका थिए । उनले पिनर मुरुलाई २१ रनमा आउट गरे ।
त्यसैगरि, सोमपाल कामीले पनि ३ विकेट लिए । उनले रेगिस चकाभालाई ६ रनमा आउट गरेका थिए । उनले तिन्डतेन्डा मुटोलबोप्रिलाई २० रनमा आउट गरे । कप्तान पारश खड्काले जिम्बावेका कप्तान सेन विलियम्सलाई ५३ रनमा आउट गरे ।
अंक तालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा भने सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।