शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सहकारीमा पहिलो पटक मोबाइल बैंकिङ सेवा सुरु

मंगलवार , आश्विन १४, २०७६

सिन्धुलीको एक सहकारी संस्थाले पहिलो पटक मोवाईल बैंकिङ सेवा सुचारु गरेको छ । कमलामाई नगरपालिका–६ स्थित एक नम्बर बजारमा रहेको सरल बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सुरु गरेको हो ।

सहकारीका सदस्यहरुले आफ्नो एकाउन्टको स्टेट्मेन्ट चेक गरि रकम जम्मा भए नभएको कन्फर्म हुन सक्ने भएकाले बैंकिङ सेवा सुरु गरेको सहकारीका व्यवस्थापक श्याम बुढाथोकीले जानकारी दिए । उनले बैँकिङ सेवा अन्र्तगत सहकारीका सदस्यहरुले पानी,विजुलीको विल तिर्न सक्नुका साथै डिसहोम,एडिएसयल्,यनटिसि र एनसेलको मोबाइल रिचार्ज समेत गर्न सक्ने बताए । मोवाईल रिचार्ज गर्दा वा अन्य सेवा प्रयोग गर्दा ५० प्रतिशत बोनस सदस्यको खातामा फिर्ता हुने व्यवस्था समेत सहकारीले मिलाएको उनले बताए ।

मोवाइल बैंकिङ को प्रयोगबाट बिल तिर्न,एक व्यक्तिको एकाउन्टबाट अर्को व्यक्तिकोमा पैसा ट्रान्सफर गर्ने लगायतका सेवाहरु लिन सकिने उनको भनाई छ । उनले मोवाइलबाट नै आफ्नो एकाउन्ट चेक गरिरहन मिल्ने हुँदा सर्वसाधारणलाई निकै सहज हुने बताए । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको उनको भनाई छ ।

यो सेवा सहकारी संस्थाका सदस्यहरुले मात्रै लिन पाउने सहकारीले जनाएको छ । सो सेवा लिनका लागी सदस्यहरुले सहकारी संस्थामा गई मोवाईल बैंकिङ सेवाको फारम भरि संस्थामा बुझाउनु पर्ने हुन्छ । त्यस पछि सदस्यहरुले प्लेस्टोरबाट आफ्नो एन्ड्रोईड मोवाईलमा सरल मोवाईल बैकिंक एप्स डाउनलोड गरि सेवा लिन सक्ने सहकारीका व्यवस्थापक बुढाथोकीले बताए ।

प्रतिक्रिया