शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका ४ शिक्षक कारबाही सिफारिसमा

सोमवार , आश्विन ५, २०८३

सिन्धुली,०५ असोज – सिन्धुलीका चार जना सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीका लागि सिफारिसमा परेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जिल्लाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रम र गतिविधिमा सक्रिय रूपमा सहभागी भएको सूचना प्राप्त भएको जनाएको छ । एकाइका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्री तथा अन्य माध्यमबाट प्राप्त विवरणका आधारमा केही शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको हो ।

एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमार्फत दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।

कारबाही सिफारिस गरिएका शिक्षक तथा कर्मचारीमा दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाअन्तर्गत कार्यरत प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिना रहेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइले शिक्षक तथा कर्मचारीले राजनीतिक दलका कार्यक्रमहरूमा प्रत्यक्ष रूपमा सहभागी हुनु शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लेखित व्यवस्थाविपरीत हुने जनाएको छ । सोही कानुनी व्यवस्थालाई आधार बनाउँदै सम्बन्धित स्थानीय तहलाई उनीहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक निर्णय लिन आग्रह गरिएको हो ।

पत्रमा स्थानीय तहबाट गरिएको कारबाहीको विवरण शिक्षा विकास तथा समन्वय एकाइलाई तत्काल उपलब्ध गराउनसमेत भनिएको छ । साथै उक्त पत्रको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई समेत पठाइएको जनाइएको छ ।

नेपालको शिक्षा प्रणालीमा शिक्षक तथा कर्मचारीको राजनीतिक संलग्नतासम्बन्धी विषय लामो समयदेखि बहसको विषय रहँदै आएको छ । शिक्षकहरूलाई शैक्षिक जिम्मेवारीमा केन्द्रित राख्न कानुनी प्रावधानहरू कार्यान्वयनमा रहेको अवस्थामा सिन्धुलीको यो घटनापछि सम्बन्धित निकायले निगरानी र अनुशासनसम्बन्धी प्रक्रिया अघि बढाएको हो ।सिन्धुलीका चार जना सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीका लागि सिफारिसमा परेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जिल्लाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रम र गतिविधिमा सक्रिय रूपमा सहभागी भएको सूचना प्राप्त भएको जनाएको छ । एकाइका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्री तथा अन्य माध्यमबाट प्राप्त विवरणका आधारमा केही शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको हो ।

एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमार्फत दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।

कारबाही सिफारिस गरिएका शिक्षक तथा कर्मचारीमा दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाअन्तर्गत कार्यरत प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिना रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइले शिक्षक तथा कर्मचारीले राजनीतिक दलका कार्यक्रमहरूमा प्रत्यक्ष रूपमा सहभागी हुनु शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लेखित व्यवस्थाविपरीत हुने जनाएको छ । सोही कानुनी व्यवस्थालाई आधार बनाउँदै सम्बन्धित स्थानीय तहलाई उनीहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक निर्णय लिन आग्रह गरिएको हो ।

पत्रमा स्थानीय तहबाट गरिएको कारबाहीको विवरण शिक्षा विकास तथा समन्वय एकाइलाई तत्काल उपलब्ध गराउनसमेत भनिएको छ । साथै उक्त पत्रको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई समेत पठाइएको जनाइएको छ ।

नेपालको शिक्षा प्रणालीमा शिक्षक तथा कर्मचारीको राजनीतिक संलग्नतासम्बन्धी विषय लामो समयदेखि बहसको विषय रहँदै आएको छ । शिक्षकहरूलाई शैक्षिक जिम्मेवारीमा केन्द्रित राख्न कानुनी प्रावधानहरू कार्यान्वयनमा रहेको अवस्थामा सिन्धुलीको यो घटनापछि सम्बन्धित निकायले निगरानी र अनुशासनसम्बन्धी प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया