शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दुधौलीमा हेडसरकै राजनीतिक सहभागिता

सोमवार , आश्विन ५, २०८३

सिन्धुली,०५ असोज – सिन्धुलीको दुधौली नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक नेपाली काँग्रेसको वडा अधिवेशनमा सहभागी भएको विषय सार्वजनिक भएपछि शिक्षकको राजनीतिक संलग्नता र आचारसंहितामाथि बहस सुरु भएको छ । दुधौली नगरपालिका–४ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालय, पचरुखीका प्रधानाध्यापक प्रेमप्रसाद भट्टराई  नेपाली काँग्रेसको वडा नम्बर ४ को अधिवेशनमा सहभागी भएको जनाइएको छ ।

सरकारी सेवामा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई पेशागत जिम्मेवारी र सार्वजनिक आचरणको मर्यादा कायम राख्न राजनीतिक दलका गतिविधिमा प्रत्यक्ष संलग्न हुन कानुनी रूपमा रोक लगाइएको व्यवस्था छ । शिक्षक–कर्मचारीले शनिबार, अन्य सार्वजनिक बिदा वा दसैंको टिकाकै दिन भए पनि राजनीतिक गतिविधिमा सहभागी हुन नपाउने प्रावधान रहेको उल्लेख गरिएको छ ।

शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू राजनीतिक दलप्रति बढी आबद्ध हुँदा विद्यालयको निष्पक्ष वातावरण, पेशागत मर्यादा र सार्वजनिक शिक्षाको गुणस्तरमा असर पर्न सक्ने भन्दै विगतदेखि नै आलोचना हुँदै आएको छ । यस घटनाले विद्यालयका शिक्षक तथा कर्मचारीको राजनीतिक सहभागिता, कानुनी दायित्व र आचारसंहिताको पालना सम्बन्धी विषयलाई पुनः चर्चामा ल्याएको छ ।स्रोत : सिन्धुली मंसिर चार

प्रतिक्रिया