सिन्धुली, ०५ फागुन – सिन्धुली सेवा समाज कतारले एक समारोह बीच गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (२०२३–२५) का अध्यक्ष रमेश भट्टलाई सम्मान गरेको छ । सिन्धुली सेवा समाज कतारद्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रम कतार स्थित जिम्बु थकाली रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्व तथा रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समाजसँग लामो समयदेखि संस्थागत तथा व्यक्तिगत रूपमा सहकार्य गर्दै आएका तत्कालीन अध्यक्ष भट्टको योगदानको उच्च मूल्यांकन गर्दै समाजको १२औँ अधिवेशनमै सम्मान गर्ने निर्णय गरिएको थियो ।
तर समय अभावका कारण उक्त अधिवेशनमा सम्भव नभएपछि नव–निर्वाचित कार्यसमितिको पहिलो बैठककै अवसरमा औपचारिक रूपमा सम्मान कार्यक्रम आयोजना गरिएको सिन्धुली सेवा समाज कतारका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण बर्माले बताए ।
सम्मानित व्यक्तित्व रमेश भट्टले समाजप्रति आभार प्रकट गर्दै नेपाली श्रमिकहरूको समस्यामा आफू सधै सँगै रहने बताउँदै सबैलाई एकताबद्व भएर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा सामाजिक अभियन्ता केदार सारुमगर,निवर्तमान अध्यक्ष कृष्ण वर्मा, समाजका निवर्तमान कोषाध्यक्ष दो ठकुरी, पूर्व महासचिव अबिरल विश्वकर्मा, पूर्व अध्यक्षहरू दिर्घबहादुर बुर्जामगर, पुरुषोत्तम सुनुवार, धबबहादुर भुजेल तथा चेतबहादुर बलम्पाकी मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण सिन्धुलीबासी तथा सहयोगी हातहरूमा समाजले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । सन २००३ मा स्थापना भएको सिन्धुली सेवा समाज कतारले सिन्धुलीबाट कतारमा पुगेका नेपालीहरूलाई संगठित गर्दै उनिहरूका समस्यामा सहयोग गर्दै आईरहेको छ ।
५ सय भन्दा बढि सिन्धुलीबासी नेपालीहरू आबद्व रहेको समाजले नेपालमा बिपदमा परेका सिन्धुलीबासीहरूलाई समाजको तर्फबाट सहयोग गर्दै आईरहेको छ ।