शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ असोज ०६ गते आइतबारको राशिफल

शनिवार , आश्विन ५, २०८१

बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, हर्षण योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५२ बजे, सूर्यास्त साँझ ०६: ०० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेकै कमजोरी दोहोरिन सक्छ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– अवसरका लागि दौडधुप गर्नुपर्ला। अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि खर्चिलो काम थालनी हुनेछ। आकस्मिक समस्याले पनि खर्च बढाउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दिउँसाेदेखि अरूको प्रभावमा परिने हुँदा आफ्नाे काम राेकिन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आम्दानी भए पनि अरूका लागि खर्चनुपर्ने हुन सक्छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउन सक्छ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। दिउँसाेतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदै हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। राेकिएका केही काम बन्नेछन्। कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिनकाे पूर्वाह्न मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनुका साथै भौतिक साधन जुटाउने समय छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। दिउँसाेदेखि कामकाे चाप बढ्नेछ। अरूको विश्वासले गोपनीयता बाहिरिन सक्छ। आफ्ना कमजोरी भरसक नदेखाउनुहोला। फाइदा लिन दोहोर्याएर काम गर्नुपर्ला। बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। नयाँ पेसा–व्यवसाय प्रारम्भ हुन सक्छ। स्थापित व्यवसायमा मनग्य लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। पेसा–व्यवसायमा फाइदा हुनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। यसअघि राेकिएका काम दिउँसाेदेखि बन्न थाल्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या सुल्झाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ। व्यवसायमा पनि फाइदा हुनेछ। कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। दिउँसाेदेखि सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। हतारमा निर्णय लिने बानीले समस्या पर्नेछ, व्यवहारमा सजग रहनुहोला। मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। दिउँसाेदेखि नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया