शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ भदौ १५ गते शनिबारको राशिफल

शनिवार , भाद्र १५, २०८१

बि.सं.२०८१ भदौ १५ गते शनिबार ई.सं.२०२४ अगस्त ३१ नेपाल सम्बत ११४४ गुंलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४२ बजे, सूर्यास्त साँझ ०५: २५ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १७ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। तापनि, बुद्धिको उपयोगले घरायसी काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :- अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषि तथा पशुपालनमा आम्दानी बढ्नाले धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :- समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। बेसुरमा बाेल्दा काम बिग्रन सक्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्नेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्ला। वादविवादले समस्या निम्त्याउन सक्छ। आलाेचकहरूसँग बोली–व्यवहारमा सजग रहनुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं स्वादिष्ट खानपानकाे अवसर प्राप्त हुनेछ। विशेष उपहार, सम्मान आदि प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बौद्धिक क्षमताको तारिफ हुनाले अध्ययनमा ध्यान केन्द्रित हुनेछ। व्यक्तित्व निखार्ने अवसर छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। एक पटक बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ भने प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। पछिका लागि भने लगानी बढाउन सकिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :- मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्न सक्छ। तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :- मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले पनि काममा उत्साह जगाउनेछ।सामाजिक दायित्व बढ्नेछ। महत्त्वाकांक्षी योजना थालनी हुनेछ। वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगको नाममा झुक्याउनेहरूले दु:ख दिनेछन्। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला। धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :- व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनुका साथै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। काम रोकिने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। शुभचिन्तककाे सहयाेगले केही काम सम्पादन हुनेछन्। मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :- घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो तथा महँगो साबित हुनेछ। भेटघाटले काममा अलमल्याउन सक्छ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा गर्नुपर्ला। हाेसियार नहुँदा खर्च बढ्नेछ। कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :- पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। अध्ययनमा गुरुजनको सहयाेग लिँदा फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया