शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , भाद्र ११, २०८१

काठमाडौँ ,११ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ११ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ९५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र विक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७६ रुपैयाँ ६६ पैसा र विक्रीदर १७७ रुपैयाँ ३९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५८ रुपैया १० पैसा र विक्रीदर १५८ रुपैयाँ ८१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६८ पैसा र विक्रीदर ९१ रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र विक्रीदर ९९ रुपैयाँ ६० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया ७८ पैसा र विक्रीदर १०३ रुपैयाँ २४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २९ पैसा र विक्रीदर ९ रुपैयाँ ३३३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र विक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९४ पैसा र विक्रीदर ३ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ८१ पैसा र विक्रीदर ३० रुपैयाँ ९५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १० पैसा र विक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र विक्रीदर १३ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर २० रुपैयाँ ०५ पैसा र विक्रीदर २० रुपैयाँ १४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १८ पैसा र विक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ५९ पैसा र विक्रीदर ४४० रुपैयाँ ५६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५७ रुपैयाँ ०६ पैसा रहेको छ ।

प्रतिक्रिया